बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

त्रिकोणात्मक ट्वान्टी–२० सिरिज : फाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/4841
    कात्तिक ८, २०८० बुधबार
    त्रिकोणात्मक ट्वान्टी–२० सिरिज : फाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने 

    काठमाडौं । त्रिकोणात्मक ट्वान्टी २० सिरिज २०२३ को फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबार निश्चित भएको छ । फाइनल शुक्रबार कीर्तिपुरको टीयू मैदानमा हुनेछ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच चलिरहेको प्रतिद्वन्द्वी फेरि एकपल्ट नवीकरण भएको छ ।

    प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हङकङ चाइनाले यूएईलाई ६९ रनले हराए पनि यो जित पर्याप्त रहेन । यूएईलाई फाइनल प्रवेशका लागि १ सय ३५ रन बनाउन आवश्यक थियो र त्यसलाई आत्मसात गर्न सफल रह्यो ।

    दुवै टिम एक(एक जितसहित समान दुई अंकमा रहे । त्यस अर्थमा यूएई भाग्यशाली रह्यो, हङकङ नेट रनरेटको आधारमा पछाडि पर्यो ।

    यसअघि दुवै टिमबीचको अर्को खेलमा यूएई नै विजयी रहेको थियो । यसपल्ट मूलपानी क्रिकेट मैदानमा बुधबार भएको समीकरणको आधारमा अघोषित सेमिफाइनलमा पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनायो ।


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij