बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

एसीसी यू-१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फिर्ता


  • 712
    SHARES
  • https://indrenipost.com/posts/4853
    कात्तिक ९, २०८० बिहीबार
    एसीसी यू-१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फिर्ता

    काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

    प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

    मलेसियामा भएको फाइनल खेलमा नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो ।

    नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij