बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

क्रिकेट क्रेज

टी ट्वाटी क्रिकेट- नेपालले युएईलाई  दियो १६३ रनको लक्ष्य 


  • 730
    SHARES
  • https://indrenipost.com/posts/4885
    कात्तिक १०, २०८० शुक्रबार
    टी ट्वाटी क्रिकेट- नेपालले युएईलाई  दियो १६३ रनको लक्ष्य 
    काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ । 
     
    कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी  खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । 
     
    नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै, करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।
     
    दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।
     
    बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई÷दुई विकेट झारे । त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij