काठमाडौं । घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको शुरुवात गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे शुरु हुनेछ ।
उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुवात गर्न चाहान्छ ।
यसअघि घरेलु मैदानमा नै भएको त्रिकोणात्मक सिरिजमा टोली बाहिर रहेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन् । सन्दीप टोलीमा फर्कदा सन्दीप जोरा र ललित राजवंशी मध्ये एक टोली बाहिर रहनेछन् ।
यसअघि भएको त्रिकोणात्मक टी–२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र लोकेश बम बाहिरिएका छन् । नेपाल टी–२० आई वरियताको १६ औं स्थानमा छ । सिंगापुर भने वरियताको ३६औं स्थानमा छ ।