काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)बीच प्रतिस्पर्धा हुँदैछ ।
जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।
सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ११ बजेदेखि शुरू हुने आयोजकले जनाएको छ ।
केही समयदेखि जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।
नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो । यो खेलमा विजयी हुने टोली विश्वकपमा छनोटमा पर्नेछ ।