बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई, भने : सरकार खेल र खेलाडीहरूको साथमा छ


  • 721
    SHARES
  • https://indrenipost.com/posts/5025
    कात्तिक १७, २०८० शुक्रबार
    क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई, भने : सरकार खेल र खेलाडीहरूको साथमा छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० विश्वकप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    शुक्रबार टी–२० विश्वकपमा छनोट भएसँगै क्रिकेट टोलीलाई बधाई दिँदै उनले क्रिकेट टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 

    ‘टी९२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’

    साथै, उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैं साथमा रहने प्रतिवद्धता जनाएका छन् । 
    ‘नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु, उनले भनेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij