बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

यू-१९ एसिया कप : नेपालको पाकिस्तानसँग लज्जास्पद हार


  • 433
    SHARES
  • https://indrenipost.com/posts/5458
    मंसिर २२, २०८० शुक्रबार
    यू-१९ एसिया कप : नेपालको पाकिस्तानसँग लज्जास्पद हार

    काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।  

    नेपालले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो ।

    नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए ।

    त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।    

    त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए ।

    त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।  

    अब नेपालले समुह ए अन्तर्गतको अर्को खेल आइतबार अफगानिस्तानसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले भारतको सामना गर्ने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij