बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती


  • 568
    SHARES
  • https://indrenipost.com/posts/5753
    पुष ११, २०८० बुधबार
    प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

    काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो ।

    एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् ।

    त्यस्तै ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् ।

    रोमा थापाले अविजित १४ रन बनाइन । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारिन । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij