बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा

  • 631
    SHARES
  • https://indrenipost.com/posts/5856
    पुष १८, २०८० बुधबार
    प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा

    काठमाडौं ।  प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे  सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् । 

    अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको थियो । 

    त्यसैले कोशीलाई फाइनलमा एपीएफसँग बदला लिने राम्रो मौका रहेको छ । नेपाल क्रिकेट सङ्घले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाएका छन् ।

    क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गर्दथ्यो । मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij