बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : रुविना सर्वोत्कृष्ट खेलाडी


  • 550
    SHARES
  • https://indrenipost.com/posts/5867
    पुष १८, २०८० बुधबार
    प्रधानमन्त्री कप महिला क्रिकेट : रुविना सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

    यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन् । उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् ।

    प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन । दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij