बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

यू-१९ : गुलशनको शतकमा नेपालको फराकिलो जित


  • 865
    SHARES
  • https://indrenipost.com/posts/5917
    पुष २४, २०८० मंगलबार
    यू-१९ : गुलशनको शतकमा नेपालको फराकिलो जित

    काठमाडौं । विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेका नेपाली टोलीले यू–१९ अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ ।

    अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो । जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट भयो ।

    स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए । नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए ।त्यसअघि नेपाल ४९ दशमलव २ ओभरमा २८४ रनमा अल आउट भएको थियो ।

    गुलशन झाले ११५ बलमा ११४ रनको शतकिय इनिङ्स खेलेका थिए भने दीपक बोहरा ५४ बलमा ५८ रनमा अविजित रहे ।

    जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij