बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग होलान् ?


  • 334
    SHARES
  • https://indrenipost.com/posts/5954
    पुष २६, २०८० बिहीबार
    सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग होलान् ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ -क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ ।

    सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो ।

    यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन ।

    सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij