बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

होफेनहेइममाथि बायर्न म्युनिखको ३-० को सहज जित


  • 352
    SHARES
  • https://indrenipost.com/posts/5998
    पुष २८, २०८० शनिबार
    होफेनहेइममाथि बायर्न म्युनिखको ३-० को सहज जित

    काठमाडौं । बायर्न म्युनिखले जर्मन बुण्डेसलिग अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ ।  

    गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो ।  

    बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औं गोल हो ।  

    आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवानडोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।

    यस खेलमा होफेनहेइमका ग्रिस्चा प्रोमेलले खेलको ७४औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।  

    यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

    त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij