बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पिएम कप क्रिकेट प्रतियोगिता- सात प्रदेश र तीन विभागीय टिम खेल्दै


  • 586
    SHARES
  • https://indrenipost.com/posts/6000
    पुष २८, २०८० शनिबार
    पिएम कप क्रिकेट प्रतियोगिता- सात प्रदेश र तीन विभागीय टिम खेल्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरू हुँदैछ ।

    पिएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।  प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिने छन् ।  

    हरेक टिमले एक-अर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ ।

    यस पटक पीएम कप पहिलो पटक काठमाडौं बाहिर भैरहवामा पनि संचालन हुदै छ ।   एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ ।

    जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्नेछ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ ।  

    त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दैछ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij