बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशको विजयी सुरूवात, कोशी ७ विकेटले पराजित


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6010
    पुष २८, २०८० शनिबार
    प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशको विजयी सुरूवात, कोशी ७ विकेटले पराजित

    काठमाडौं । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरूवात गरेको छ ।  

    शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।  

    कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

    मधेशको जितमा अनिल शाहले सर्बाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।  

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएको थियो ।  

    अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपनि क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij