बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अफ्रिकन कपमा आइभरी कोष्टको विजयी सुरूवात


  • 325
    SHARES
  • https://indrenipost.com/posts/6019
    पुष २९, २०८० आइतबार
    अफ्रिकन कपमा आइभरी कोष्टको विजयी सुरूवात

    काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी सुरूवात गरेको छ ।   

    समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  

    आइभरी कोष्टको जितमा सेको फोफाना र जीन फिलिप क्रासोले एक एक गोल गरेका थिए ।  

    यो जितपछि समुह ए मा रहेको आइभरी कोष्टले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।  

    आइभरी कोष्टले अब अर्को खेल नाइजेरियासँग आगामी विहिबार खेल्ने छ भने गिनी बिसाउले इक्वेटोरियल गिनीसँग विहिबार नै खेल्ने तालिका छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij