बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप- आज दुई खेल हुँदै


  • 343
    SHARES
  • https://indrenipost.com/posts/6020
    पुष २९, २०८० आइतबार
    प्रधानमन्त्री कप- आज दुई खेल हुँदै

    काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ ।

    गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दैछ ।

    त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशविरुद्ध खेल्दै छ ।

    बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिससँग हार बेहोरेको छ भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ ।

    यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी सुरूवात गरेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij