बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

एसियन कप- यी हुन् पहिलो महिला रेफ्री !


  • 568
    SHARES
  • https://indrenipost.com/posts/6035
    पुष २९, २०८० आइतबार
    एसियन कप- यी हुन् पहिलो महिला रेफ्री !

    काठमाडौं । जापानकी योसिमी यामासिता एएफसी एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् ।

    शनिबार कतारको अल रायानस्थित अहमद बिन अली रंगशालामा जापानकी यामासिताले भारत र अस्ट्रेलियाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएकी थिइन् ।

    यामासितासँगै सहायक रेफ्रीमा माकोटो बोजोना र नाओमी टेसिरोगी थिए ।

    प्रतियोगिताको इतिहासमै पहिलोपटक महिला रेफ्रीले खेल खेलाउनुलाई एसियन फुटबल फेडेरेसनले ‘ऐतिहासिक भूमिका’ भनेको छ ।

    ३७ वर्षीया यामासिताले सन् २०१५ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट रेफ्रीको ब्याच पाएकी थिइन् ।

    उनी जापानको शीर्ष डिभिजन लिग, एफसी कप र एएफसी च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री समेत हुन् ।

    २०२२ मा कतारमा भएको फिफा विश्वकपका निम्ति छानिएका ३६ रेफ्रीमा परे पनि उनले खेल खेलाउने अवसर पाएकी थिइनन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij