बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पीएम कपमा कर्णाली प्रदेशको विजयी सुरूवात


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6036
    पुष २९, २०८० आइतबार
    पीएम कपमा कर्णाली प्रदेशको विजयी सुरूवात

    काठमाडौं । जारी पीएम कपमा कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ ।

    आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।   

    गण्डकी प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३३.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि पहिला ब्याटिंग गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो ।  मौसम खराब भएका कारण यो खेल ४५-४५ ओभर खेलाइएको थियो ।   

    यो जितपछि कर्णालीले २ अंक हासिल गरेको छ ।  त्यस्तै गण्डकी प्रदेशले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    अब कर्णालीले मंगलबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले विहिबार सुदूरपश्चिम प्रदेशकै सामना गर्ने छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij