शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

खेलकुद

प्रधानमन्त्री कप- कर्णाली प्रदेश विजयी


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6041
    पुष २९, २०८० आइतबार
    प्रधानमन्त्री कप-  कर्णाली प्रदेश विजयी

    भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।

    कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो ।

    योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज भएको खेलमा जितका लागि गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ७० बल बाँकी छँदै तीन विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै पार गर्‍यो ।

    कर्णालीको जितमा शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारि खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गर्रे ।

    यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले टोलीका लागि ‘नटआउट’ १० रनको योगदान दिए ।

    बलिङमा गण्डकीका अङ्कित न्यौपानेले दुई तथा नौ ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिए । 

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो ।

    गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् ।

    छैटौँ नम्बरमा आएका ब्याटर अश्वनी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सक्नुभयो । चन्द्र पौडेल १४ र अङ्कित न्यौपाने दुई रनमा अविजित रहे ।

    कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए । यस्तै, प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए ।

    गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो ।

    प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ खेल हुँदैछन् ।

    सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij