बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय खेलकुद

कसले जित्यो फिफा वर्ष खेलाडीको उपाधि ? [नामावलीसहित]


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6067
    माघ २, २०८० मंगलबार
    कसले जित्यो फिफा वर्ष खेलाडीको उपाधि ? [नामावलीसहित]

    लियोनेल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

    गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।

    मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

    मेसीले यसअघि २०२३ को बेलुन डोअर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्ड समेत जितेका छन् ।

    उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

    त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् ।   

    त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij