बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप : कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि १ सय ६७ रनको चुनौती


  • 766
    SHARES
  • https://indrenipost.com/posts/6081
    माघ २, २०८० मंगलबार
    प्रधानमन्त्री कप : कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि १ सय ६७ रनको चुनौती

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।

    कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे ।

    उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् ।

    यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।

    सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे ।

    पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई–दुई विकेट झारे ।

    त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक–एक विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij