काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।
आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लव र त्रिभुवन आर्मीबीच खेल हुँदैछ ।
त्यस्तै अर्को खेल टियू मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेह्सबीच हुँदैछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लवले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६-६ खेलमा ८-८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४-४ खेलमा ४-४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।
त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।