बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

चेल्सी इएफएल कपको फाइनलमा


  • 748
    SHARES
  • https://indrenipost.com/posts/6134
    माघ १०, २०८० बुधबार
    चेल्सी इएफएल कपको फाइनलमा

    काठमाडौं । चेल्सी इएफएल कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा चेल्सीले मिडल्सब्रोलाई ६-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो ।

    चेल्सीको जितमा कोल पाल्मेरले २ गोल गरेका थिए भने एन्जो फेर्नानडेज, नोनी माडुएके र एक्सेल डिसासीले एक एक गोल गरेका थिए । त्यस्तै मिडल्सब्रोका जोनी होवसनले एक गोल आत्मघाती गोल गरेका थिए ।

    त्यस्तै मिडल्सब्रोका लागि मोर्गान रोजर्सले एक गोल गरेका थिए । यस अघि पहिलो लिगमा मिडल्सब्रोले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

    अब चेल्सीले लिभरपुल र फुलह्यामबीचको विजेतासँग फाइनलमा खेल्ने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij