बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6182
    माघ १२, २०८० शुक्रबार
    प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित

    काठमाडौं । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।

    शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।

    कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

    पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

    यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो ।

    कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए । लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।

    यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij