बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै


  • 379
    SHARES
  • https://indrenipost.com/posts/6200
    माघ १४, २०८० आइतबार
    प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

    काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

    आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ ।

    अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।  

    त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।  

    त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।  

    त्यस्तै, एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।  

    त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौं स्थानमा छ ।

    त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij