बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

बार्सिलोना फेरि पराजित


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6203
    माघ १४, २०८० आइतबार
    बार्सिलोना फेरि पराजित

    स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बार्सिलोना गएराति भएको खेलमा भिल्लारियलसँग ५-३ गोलअन्तरले स्तब्ध भएको हो ।

    खेलमा सुरुवाती अग्रता पनि भिल्लारियलले नै लिएको थियो । खेलको ४१औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै खेलको ७१औँ मिनेटसम्म ३-२ गोलको अग्रता लिए पनि त्यसलाई जोगाइराख्न भने सकेन ।

    खेलको ५४औँ मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।

    तर, खेलको ६०औँ मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

    त्यसको ६ मिनेटपछि खेलको ६८औँ मिनेटमा पेड्रीले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए ।

    खेलको ७१औँ मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लिएको थियो ।

    तर, त्यसलाई टिकाइराख्न भने सकेन । खेलको ८४औँ मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए ।

    इन्जुरी समयको ९औँ मिनेटमा एलेक्सजेन्डर सोर्लोथले गोल गर्दै भिल्लारियललाई ४-३ गोलअन्तरको अग्रता दिलाएका थिए ।

    त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५-३ गोलअन्तरले जित्यो ।

    भिल्लारियलसँग पराजित भएको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

    समान खेलबाट ५४ अंक जोडेको रियल मड्रिड लिगको शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको जिरोनाको ५२ अंक छ ।

    बार्सिलोनालाई हराएको भिल्लारियल भने २२ खेलबाट २३ अंकका साथ लिगको १४औँ स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij