बेलारुसकी आर्यना साबालेन्काले शनिबार चिनकी जेङ चिनवेनलाई ६–३, ६–२ ले हराउँदै वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन् ।
साबालेन्काले उपाधि रक्षा पनि गरिन् । साबालेन्का भिक्टोरिया अजारेन्का (सन् २०१२ र २०१३) पछि साबालेन्का लगातार अस्ट्रेलियन ओपन उपाधि जित्ने पहिलो खेलाडी बनिन् ।
२५ वर्षीय साबालेन्काले फाइनल पुग्ने क्रममा एक सेट पनि गुमाइनन् । यसअघि सन् २००० मा सेरेना विलियम्सले बिनासेट गुमाएर उपाधि जितेकी थिइन् ।
पछिल्लो ग्रान्डस्लाम अमेरिकी ओपनको फाइनलमा अमेरिकाकी कोको गौफसँग पराजित भएपछि साबालेन्का उपविजेतामै चित्त बुझाएकी थिइन् ।
उनले गौफले दुई दिनअघि सेमिफाइनलमा हराएर सो पराजयको बदला पनि लिएकी हुन् ।
ग्रान्डस्लाममा लगातार सानदार प्रदर्शन गर्दै आइरहेकी साबालेन्काविरुद्ध पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनल खेलेकी जेङले चुनौती दिन सकिनन् ।
अस्ट्रेलियन ओपनमा १० वर्षपछि चिनियाँ खेलाडीले फाइनल खेलेको हो ।
सन् २०१४ मा लि नाले अस्ट्रेलियन ओपन जितेकी थिइन्। लि नाले फ्रेन्च ओपन पनि जितेकी छन् ।
पुरुष एकलको उपाधि भिडन्तमा आज इटालीका यानिक सिन्नर रुसका डेनिल मेडभेडेभबिच हुने भएको छ ।
२२ वर्षीय सिनरले विश्वका नम्बर एक खेलाडी तथा १० पटक उपाधि जितिसकेका नोभाक जोकोभिचलाई सेमिफाइनलमा ६–१, ६–२, ६–७ (६) र ६–३ ले स्तब्ध पारेक हुन् ।
सन् २०१८ पछि जोकोभिच अस्ट्रेलियन ओपनमा पहिलो पटक पराजित भएका हुन् ।
यस व्रmममा जोकोभिचले यहाँ लगातार ३३ खेल जित्तेका थिए । डभेडेभले अर्को सेमिफाइनलमा दुई सेटले पछाडि परेर पनि अलेकजेन्डर जेरेभलाई ५–७, ३–६, ७–६ (४), ७–६ (५), र ६–३ ले हराएका थिए ।