बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6213
    माघ १५, २०८० सोमबार
    प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ ।

    अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ ।

    दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

    सुदूरपश्चिमले हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अङ्क जोडेको छ ।

    यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ ।

    आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

    यसैगरी गण्डकी प्रदेश अङ्क तालिकाको आठौँ स्थानमा छ ।

    गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अङ्क बनाएको छ ।

    यस्तै नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij