बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग खेल्दै


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6253
    माघ १७, २०८० बुधबार
    यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग खेल्दै

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

    त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

    उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

    नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

    समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । नेपाल समूह डी मा पहिलो खेलमा

    न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

    अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । बंगलादेश भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।

    अफगानिस्तानलाई हराउन नेपालका आकाश चन्दले ५ विकेट र कप्तान देव खनालले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij