बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

यु-१९ विश्वकप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै


  • 406
    SHARES
  • https://indrenipost.com/posts/6293
    माघ १९, २०८० शुक्रबार
    यु-१९ विश्वकप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

    FB_IMG_1706841033854.jpg

    नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ ।

    पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

    दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन । अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए ।

    त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए । सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा २, १, १८ र ३ रन बनाएका छन् ।

    कप्तान देव खनालले न्युजिल्यान्डसँग ३६, पाकिस्तानसँग २३, अफगानिस्तानसँग ५८ र बंगलादेशसँग ३५ रन बनाएका थिए ।

    देवले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij