बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

रियल मड्रिड लालिगा शीर्ष स्थानमा


  • 442
    SHARES
  • https://indrenipost.com/posts/6301
    माघ १९, २०८० शुक्रबार
    रियल मड्रिड लालिगा शीर्ष स्थानमा

    काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

    रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए ।

    १४ औँ मिनेटमा जोसेलुले लुकासको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ५६ औँ मिनेटमा जोसेलुले भिनिसियस जुनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    सोही अग्रता रियलले अन्तिमसम्म कायम राख्दै तालिकामा ३ अंक थप्न सफल भयो । पराजित भएको गेटाफे भने १० औँ स्थानमा छ । -एजेन्सी

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij