बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित हुने नेपाली फुटबलर हो हुन् ?


  • 442
    SHARES
  • https://indrenipost.com/posts/6304
    माघ १९, २०८० शुक्रबार
    फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित हुने नेपाली फुटबलर हो हुन् ?

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छिन् ।

    फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई बाँकी र थप एक सिजनको लागि अनुबन्ध गरेको छ ।

    क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको छ । ​ सावित्रा क्लबसँग सम्झौता भएसँगै माघ १५ गते नै फ्रान्स प्रस्थान गरेकी थिइन् ।

    सावित्राअनुबन्धित एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ । १२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ ।

    लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ । यसै वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी सावित्राले एक वर्षको अन्तरालमा दोस्रो ठूलो सफलता हासिल गरेकी हुन् ।

    सावित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij