काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम बहादुर खड्काले विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने अनलाइनखबरलाई जानकारी दिएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।