बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

साम्बा फ्रेन्च महिला लिग खेल्दै


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6311
    माघ १९, २०८० शुक्रबार
    साम्बा फ्रेन्च महिला लिग खेल्दै

    काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् ।  

    गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।   फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिदि आफु उत्साहित बनेको बताएकी छन् ।

    साथै उनले आफ्नो यस यात्रामा सहयोग गर्ने सहकर्मी खेलाडी, प्रशिक्षकलाई समेत धन्यवाद दिएकी छन् । उनले यसअघि इजरायलको लिग खेलेकी थिइन् ।  

    साविधा अनुबन्ध भएको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित १०औं स्थानमा रहेको छ । गुइनगाम्पको अर्को खेल शनिबार रहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij