बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

यू-१९ विश्वकप : नेपाललाई एकै ओभरमा दुई विकेट


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6313
    माघ १९, २०८० शुक्रबार
    यू-१९ विश्वकप : नेपाललाई एकै ओभरमा दुई विकेट

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ ।

    १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत देखाएको छ । तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए ।

    उनले ३० बलमा २ चौका प्रहार गरे । त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।

    दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए । उक्तक्रममा उनी रन आउट भए । चौथो रन लिनेक्रममा आर्शिनसँग तालमेल गर्न नसकेपछि रन आउट हुन पुगेका थिए ।

    टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ । सचिन दास १ र कप्तान उदय शहरान २ रनमा क्रिजमा छन् । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए ।

    गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij