बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

यू-१९ क्रिकेट विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6322
    माघ १९, २०८० शुक्रबार
    यू-१९ क्रिकेट विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

    काठमाडौं । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

    जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।

    भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए ।

    त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

    त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij