काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्समा भारतविरुद्ध २९८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
ओपनिङ जोडीले ४८ रनको पार्टनरसीप गरेपछि ओपनर दीपक बोहारा १३.२ ओभरमा आउट भएका हुन् । उनले ४२ बलमा २२ रन बनाए ।
यस क्रममा उनले तीनवटा चौका प्रहार गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७ रन जोडेको हो । ६२ रन हुँदा भारतले तीन विकेट गुमाएको थियो ।
तर चौथो विकेटका लागि उदय शहारन र सचिन धासले २०२ बलमा २१५ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो ।
भारतका लागि धासले ११६ र शरनले १०० रन बनाए । नेपालका लागि गुल्सन झाले तीन र आकाश चन्दले एक विकेट लिएका हुन् ।