बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अस्ट्रेलियासँग पछि परेको अवस्था उल्ट्याउँदै दक्षिण कोरिया सेमिफाइनलमा


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6330
    माघ २०, २०८० शनिबार
    अस्ट्रेलियासँग पछि परेको अवस्था उल्ट्याउँदै दक्षिण कोरिया सेमिफाइनलमा

    बलियो प्रतिद्वन्दी अस्ट्रेलियालाई २–१ गोलअन्तरले हराउँदै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    दक्षिण कोरियाका योङ वु सियोलले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइड भनेपछि गोल रद्द भएको थियो ।

    फेरि ४१औँ मिनेटमा एटकिन्सनको क्रसमा क्रेज गुडविनले भली प्रहारमा गोल गरेपछि अस्ट्रेलिया अघि भएको थियो ।

    तर दक्षिण कोरियाले इन्ज्युरी समयमा गोल बराबरी बनायो । इन्ज्युरी समयको पाँचौँ मिनेटमा कप्तान सन ह्युङ मिनले जितेको पेनाल्टीमा ह्वाङ हि चानले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    अतिरिक्त समयको १३औँ मिनेटमा कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए ।

    अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अस्ट्रेलिया १० खेलाडीमा खुम्चिएको थियो ।

    त्यसपछि भने कोरियाले थप गोल गर्न सकेन । दक्षिण कोरिया अब सेमिफाइनलमा जोर्डनसँग भिड्नेछ । जोर्डन शुक्रबार ताजिकिस्तानलाई हराउँदै अन्तिम चारमा आइसकेको छ.।

    आज (शनिबार) बाँकी दुई क्वाटरफाइनल खेल हुने छन् । साँझ ५ः१५ बजे इरान र जापान तथा राति ९:१५ बजे घरेलु टोली कतार र उज्वेकिस्तान भिड्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij