बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आहा रारा पोखरा गोल्डकप : आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6338
    माघ २०, २०८० शनिबार
    आहा रारा पोखरा गोल्डकप : आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने

    कास्की । कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ ।

    पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन् ।

    आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।

    प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ ।

    थ्रिस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । थ्रिस्टार छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

    पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तर त्यस बेला थ्रिस्टार नै च्याम्पियन बनेको थियो ।

    उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो ।

    प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रिस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

    जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलार्ई हराएर विजयी सुरुआत गरेको थियो ।

    क्वाटर फाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजि गर्दैै आर्मी फाइनल पुगेको हो । थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो ।

    क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो ।

    प्रतियोगिताको च्याम्पियन टोलीलाई रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

    पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij