बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

मुख्यमन्त्री कप भलिबलको उपाधि ‘एपीएफ’ले जित्यो


  • 523
    SHARES
  • https://indrenipost.com/posts/6353
    माघ २०, २०८० शनिबार
    मुख्यमन्त्री कप भलिबलको उपाधि ‘एपीएफ’ले जित्यो

    कञ्चनपुर । मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । 

    शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।

    उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गरेको छ ।

    त्यस्तै, पुलिस क्लब तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित गरेको हो ।

    तेस्रो भएको पुलिसले एक लाख प्राप्त गरेको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीयसहित सातवटै प्रदेशका टोली सहभागी थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij