बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको जित


  • 406
    SHARES
  • https://indrenipost.com/posts/6379
    माघ २२, २०८० सोमबार
    वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको जित

    काठमाडौं । ईङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।  

    आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।  

    यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।  

    त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij