बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

विश्वकप फुटबलको अन्तिम खेल कहाँ र कहिले हुँदैछ ?


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6381
    माघ २२, २०८० सोमबार
    विश्वकप फुटबलको अन्तिम खेल कहाँ र कहिले हुँदैछ ?

    विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ ।   

    फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।   

    फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।  

    संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ ।

    तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न । सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् ।

    जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् । विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ ।

    मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।  

    अमेरिकाले सन् १९९४ मा पहिलाे पटक विश्वकप फुटबलकाे आयोजना गरेको थियो भने सन् २०२६ मा दाेस्राेपटक गर्न लागेकाे हाे ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij