इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग हारेको छ ।
आइतबार राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु आर्सनलले लिभरपुललाई ३–१ गोलअन्तरले जितेको हो ।
खेलको १४औँ मिनेटमा गोल गर्दै साकाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यतिर लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालीतर्फ हानेपछि लिभरपुलले गोल बराबरी बनाएको थियो ।
तर दोस्रो हाफपछि आर्सनलले लिभरपुलविरुद्ध थप दुई गोल गर्यो ।
८८औँ मिनेटमा लिभरपुल १० खेलाडीमा खुम्चिएको थियो ।
डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको चार मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै आर्सनलले २३ खेलबाट ४९ अंक भएको छ । लिभरपुलले २३ खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानमा कायम छ ।
तेस्रो स्थानमा रहेको सिटी सोमबार ब्रेन्टफर्डसँग भिड्दै छ । २१ खेल खेलेको सिटी दुई खेल जिते शीर्ष स्थानमा उक्लिने सम्भावना छ ।