बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

मेसी नखेलेपछि दर्शकले मागे टिकटको पैसा फिर्ता


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6394
    माघ २२, २०८० सोमबार
    मेसी नखेलेपछि दर्शकले मागे टिकटको पैसा फिर्ता

    काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् ।

     इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो ।   सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो ।  

    तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए । फ्यानहरुको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरुलाई स्पष्टिकरण दिनुपर्ने माग भइरहेको छ ।

    यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन् । जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए ।   आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पुर्ब जानकारी नभएको बताएको छ ।

    यसले आयोजक र फ्यानहरु दुवैलाई निराश बनाएको जनाएको छ । यता इन्टर मियामीका प्रशिक्षक जेरार्ड़ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन् ।  

    मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए । सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij