बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

‘केल्मी र एनएसजेफ पल्सर स्पोर्टस अवार्ड’बीच पुनः सहकार्य


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/6416
    माघ २२, २०८० सोमबार
    ‘केल्मी र एनएसजेफ पल्सर स्पोर्टस अवार्ड’बीच पुनः सहकार्य

    काठमाडौं । कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड ‘केल्मी’ र खेलकुद अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०७९’ बीच पुनः सहकार्य हुने भएको छ ।

    उक्त अवार्डको २०औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामरु ट्रेडिङ प्रालि सहप्रायोजन सम्झौतासँग पुनः सहकार्य गर्ने भएको हो ।

    स्पोर्टस अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    माघ २८ गते होटल याक यतीमा हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०७९ सँग पुनः सहकार्य गर्न पाएकोमा कामरुका निर्देशक न्यौपानेले आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धनका लागि आफूले हमेशा सहयोग गर्ने बताए ।

    कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीबाट उत्पादित सामग्री विक्री–वितरण गर्ने नेपालको एकमात्र आधिकारिक विक्रेता हो ।

    सहप्रायोजनवापत केल्मीले. अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने अध्यक्ष देवेन्द्रले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij