बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपालले आज भारतविरुद्ध खेल्दै


  • 559
    SHARES
  • https://indrenipost.com/posts/6434
    माघ २३, २०८० मंगलबार
    साफ यू–१९ महिला च्याम्पियनसिप : नेपालले आज भारतविरुद्ध खेल्दै

    काठमाडौं । बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ ।

    ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ ।

    यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो ।

    उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

    प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

    एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ । २ खेल खेलेको नेपालको मात्र ३ अंक छ ।

    आजै हुने अर्को खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् ।

    सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij