बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6440
    माघ २३, २०८० मंगलबार
    नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

    लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो ।

    दोस्रो खेलमा बंगलादेशसँग भने भारत १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।

    भारतसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने चार गोल खान पुग्यो । भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरे ।

    खेलको ५४औँ मिनेटमा भारतका लागि नेहाले पहिलो गोल गरेकी थिइन् भने ८१औँ मिनेटमा उनले दोस्रो गोल गरिन् । यस्तै खेलको ८५औँ मिनेटमा सुलन्जनाले भारतका लागि तेस्रो गोल गरिन ।

    दोस्रो हाफको अत्तिरिक्त समयमा सिन्डीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाइन् । अब फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij