शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

जितसँगै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा


  • 586
    SHARES
  • https://indrenipost.com/posts/6448
    माघ २४, २०८० बुधबार
    जितसँगै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा

    दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा पुगेको छ ।

    मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

    जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

    इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij