बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा


  • 361
    SHARES
  • https://indrenipost.com/posts/6449
    माघ २४, २०८० बुधबार
    दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

    काठमाडौं । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए ।

    यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो । अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ ।

    अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने विहिबार हुने छ । त्यस्तै फाइनल खेल आगामी आइतबार हुने छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij